Comments Add Comment

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

५ कात्तिक, नेपालगन्ज । बाँकेको कोहलपुर-बाँसगढी सडकखण्डमा मध्यरात भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बैजनाथ गाउँपालिका-५ रंगिलाचोकमा आइतबार मध्यराति १२ बजे भे ४ प ६८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बाँके बैजनाथ-२ का २७ वर्षीय सुजन रावत र दैलेख नारायण नगरपालिका-२ की १९ वर्षीया मंगला सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनार र रावत दुबैलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तिहारको दिन बाँके, बर्दिया र दाङमा १९ वटा साना-ठूला दुर्घटना भएका छन् । बाँकेमा सबैभन्दा धेरै ११ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएका छन् ।

बर्दियामा ५ वटा र दाङमा ३ वटा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते सबैको बाँकेमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment