Comments Add Comment

यस्तो रह्यो अनमोलदेखि प्रियंकासम्मकाे भाइटिका


शनिबार नेपाली चलचित्रका कलाकारहरुले आ-आफ्नै शैलीमा भाइटिका मनाएका छन् । तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाज्यू-भाई तथा दिदी-बहिनीलाई टिका लगाइदिए ।

चलचित्रको कामबाट थोरै दिन मात्र भएपनि फुर्सद मिल्ने भएकाले कलाकारका लागि दशै र तिहार विशेष हुने गरेको छ । नायक अनमोल केसीले दिदी काजोलको हातबाट टिका लगाए । अमेरिकामा रहँदै आएकी काजोल भाइलाई टिका लगाउनका लागि नेपाल आएकी थिइन् । अनमोलले दिदीको खुट्टा ढोग्दै गर्दा क्यामेराका लागि दिएको पोज रमाइलो छ । यस्तै, नायक भूवन केसीले पनि आफ्ना दिदीहरुसँग भाइटिका लगाएका छन् ।

नायिका प्रियंका कार्कीले चलचित्र लेखक शान बस्न्यातसँग भाइटिका मनाएकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो भाइलाई भाइटिका लगाइदिएको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् । नायिका स्वेता खड्काले पनि भाइलाई टिका लगाइदिइन् । स्वेताले देउसी भैली खेलेको भिडियो पनि फेसबुकमा शेयर गरेकी थिइन् ।

कलाकार दीपकराज गिरी, सिताराम कट्टेलले पनि आफ्ना दिदी-बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । अधिकांश कलाकारले भाइटिकालाई विशेष रुपमा मनाएको उनीहरुको फेसबुक पोष्टबाट पनि वुझ्न सकिन्छ ।

 

तस्बिरः कलाकारको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment