Comments Add Comment

वाम गठबन्धनको दावीः सिन्धुपाल्चोकमा दुई तिहाइ मत ल्याउछौं

६ कात्तिक, सिन्धुपाल्चोक । ‘हेवी वेट’ उमेदवारका कारण चर्चित रहेको सिन्धुपाल्चोक जिल्लामा वाम गठबन्धनले मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा दुई तिहाइ मतसहित चुनाव जित्ने दावी गरेका छन् ।

वाम गठबन्धनकोतर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले र माओवादी केन्द्रका नेताहरुले गठबन्धन चुनावका लागि मात्रै नभएर एकीकरणका लागि भएको भन्दै आफूहरुलाई मतदाताले दुई तिहाई मत दिने दाबी गरे ।

पत्रकार सम्मेलनमा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले कम्युनिष्ट विभाजन भएको ५२ वर्ष पछि कम्युनिष्टसँगै मनोनयन दर्ता गर्न पाउँदा खुसी भएको बताए ।

उनले सिन्धुपाल्चोकका मतदाताले वाम एकतालाई स्वीकार गरेको भन्दै चुनावमा सबै वाम उम्मेदवारहरुले जित्ने दाबी गरे ।

कार्यक्रममा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार एवम माओवादी नेता अग्निप्रसाद सापकोटाले धेरै अघिको चाहना अहिले पूरा भएको भन्दै विकासका लागि वाम गठबन्धनलाई मतदाताले जिताउने बताए ।

सापकोटाले बन्द रहेको तातोपानी नाका खुलाउन आफूले वितदेखि नै पहल गरिरहेको र अब छिट्टै खोल्ने प्रतिबद्धता गर्दै स्थिर सरकारका लागि वाम गठबन्धनलाई जिताउन अपील गरे ।

यस्तै एमाले पोलिटब्यूरो सदस्य एवम क्षेत्र नम्बर १ को प्रदेशसभा -क)का उम्मेदवार अरुण नेपालले टिकट लिने समयमा केही समस्या भएपनि अहिले नेतादेखि कार्यकर्तासम्म कुनै विवाद र समस्या नरहेकाले चुनाव जित्नका लागि समस्य नभएको बताए ।

एमाले केन्द्रीय सदस्य एवम क्षेत्र नम्बर २ का उमेदवार शेरबहादुर तामाङले सिन्धुपाल्चोकबाट सामन्तबादको अन्त्य भइसकेकाले अब फेरि कहिल्यै उठ्न नसक्ने गरी सामन्तवबदको अवेशषलाई अन्त्य गर्ने वाम गठबन्ध गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment