Comments Add Comment

भाइटीकाले बनेका नेपाली दाइ र जापानी बहिनी

प्रतिकात्मक तस्वीर

२४ अक्टोबर, टोकियो । अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन । भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन् । उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने ।

प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ । यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो ।

दीर्घायुको कामनाका साथ दानदक्षिणा र उपहार आदानप्रदान गरेर मनाइने भाइटीका पर्वमा एकापसमा परिचित नभएका उनीहरु टीका र माला लगाएर दाइ र बहिनी बनेको यो दृष्य जापानका नेपालीमाझ पनि नौलो भयोे ।

दिदीबहिनी नहुनेले अर्कैलाई दिदीबहिनी बनाएर टीका लगाउने चलन नेपालमा सीमित यो चलन जापानमा पनि देखिएको हो ।

नेपाली कलासस्ंकृतिप्रतिको मायाले नेपाली हिन्दूको चाड तिहारमा जापानीले केटालाई दाइ र आफू बहिनी बनेर टीका लगाउने काम मात्र भएन, यहा“का नेपाली महिलालाई दिदी र बहिनी बनाएर र बनेर टीका लगाउने पनि देखिएका थिए ।

देउसीभैलोमा पनि सहभागिता जनाएका उनीहरुले नेपालीसरह नगद, फलफूल र मीठा परिकार बनाएर लक्ष्मीको पनि पूजा गरे । नेपाली छोरी बन्न पाएकामा ताकेउची खुशी थिइन् ।

उनले स्थानीय नेपाली पसलबाट कुर्ता, सुरुवाल र पछ्यौरी पनि किनेकी थिइन् । उनले अरु जापानी साथीलाई साडी र ब्लाउजमा टीका लगाउने व्यवस्था मिलाएकी थिइन् । टोकियोमा युका चुचुई र ताकेउचीलगायतले टीका थापेका थिए ।

टोकियो बाहिर सेन्डाइ र होक्काइदोमा पनि जापानीले नेपालीलाई दाइभाइको नाता लगाएर सप्तरंगी टीका र माला लगाएका छन् ।

उनीहरु टीका र माला लगाएर दाइभाइ र दिदीबहिनी बनेका दृष्य अनौठा थिए । भाइटीकामा गरिएको यस कार्यलाई उनीहरुले नेपाल र नेपालीको माया, सद्भाव तथा विविधतामा एकता भएको बताएका छन् ।

कुकुरलाई माला लगाएर तिहार भित्र्याएका नेपालीले सेल रोटी, फिनी, लड्डु, रसबरीलगायत मीठा परिकार बनाएको र मादल, गीतारमा भट्याएर नाचेको परम्परागत देउसीभैलोमा पनि जापानीले उत्साहित भएर अवलोकन गरेका थिए ।

भाइटीका लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसगैं अन्य विदेशी घोरिएका हुन्थे ।

कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले टीका थापेर तिहारलाई बिदाइ गरेका छन् । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया ,फुकुओकालगायत स्थानका नेपालीले भने पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभसाइत(जापानी समयानुसार ३ बजेर ५ मिनेट)मा टीका लगाएका थिए । टोकियोका धेरै स्थानमा सामूहिक रुपमा खेलिएको देउसीभैलोमा तडकभडक र बढ्दो बिकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरिएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment