+
+
Shares

४ दिनमै ‘गोलमाल अगेन’को कमाई सय करोड माथि

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ७ गते १७:३४


यो बर्षको अहिलेसम्मकै सवैभन्दा धेरै कमाई गर्ने चलचित्रको नाम बरुण धवन अभिनित चलचित्र ‘जुड्वा २’ले लेखाएको छ । यो चलचित्रले १३८ करोड माथिको व्यापार गर्दै साहरुख खान अभिनित चलचित्र ‘रइस’को १३७ करोडको रेकर्डलाई तोडेको थियो । अब, बरुण धवनको चलचित्रले बनाएको रेकर्डलाई केही दिनमै तोड्ने छनक चलचित्र ‘गोलमाल अगेन’ले देखाएको छ ।

शुक्रबारबाट रिलिज भएको अजय देवगण, परिणिती चोपडा, तब्बु लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘गोलमाल अगेन’ले ४ दिनमै सय करोडको आँकडा पार गरेको छ ।
चलचित्रले शुक्रबार ३० करोडको व्यापार गरेको थियो । शनिबार २८ करोड, आइतबार २९ करोड र सोमबार १६ करोडको कमाई गर्दै चलचित्रले ४ दिनमा १०३ करोड माथिको कलेक्शन गरेको छ । यो बर्ष रिलिज भएका चलचित्र मध्ये सबैभन्दा चाडो सय करोडको आँकडा पार गर्ने पहिलो चलचित्र नै ‘गोलमाल अगेन’ बनेको छ ।

रोहित सेट्टी निर्देशित यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार गरेपछि बलिउड अहिले तरंगित बनेको छ । यो चलचित्र बम्पर हिट भएपछि रोहितले चलचित्र ‘गोलमाल ५’ बनाउने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?