Comments Add Comment

ह्वाट्सएपमा आउँदैछ ग्रुप कलिङ फिचर

ह्वाट्सएप प्रयोगकर्ताले अब छिट्टै ग्रुप भ्वाइस तथा भिडियो कल गर्न पाउने भएका छन् । मेसेजिङ एप ह्वाट्सएपले छिट्टै नै ग्रुप कलिङ फिचर आउने भएको छ । ह्वाट्सएपको सबैभन्दा पछिल्लो आइओएस बिटा भर्सनमा यो फिचर देखापरेको छ ।

सन् २०१८ को सुरुदेखि नै ह्वाट्सएपमा यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

ह्वाट्सएपका अपडेट बारेमा खबर दिने वेबसाइट WABetaInfo का अनुसार ह्वाट्सएपको बिटा भर्सनमा यो फिचर सबैभन्दा पहिले देखिएको छ ।

कम्पनीले हालै शेयर गरेको एक ग्रुप च्याट फोटोमा भिडियो र भ्वाइस कल बटन देखिनुले यो तथ्यलाई पुष्टि गरेको बताइएको छ ।

यसले ह्वाट्सएप प्रयोगकर्तालाई एकैपटकमा एकभन्दा धेरै साथीहरुसँग कल गर्ने सुविधा प्रदान गर्नेछ ।

यो महिनाको सुरुमै उक्त वेबसाइटले ग्रुप भ्वाइस कलिङ फिचर ल्याउनका लागि ह्जाट्सएपले आन्तरिक काम गरिरहेको खबरको खुलासा गरेको थियो ।

अहिले चाहीँ ह्वाट्सएपले आफ्नो नयाँ आइओएस बिटा भर्सनमा यो फिचर परीक्षणका लागि सुरु गरेको छ ।

गत हप्तामात्र ह्वाट्सएपले लाइभ लोकेसन फिचर लञ्च गरेको थियो जसमा प्रयोगकर्ताले आफु भएको स्थानको जानकारी आफ्ना साथीहरुलाई गराउन सक्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment