+
+

नेपाली घर निर्माणका लागि अमेरिकामा देउसीभैलो (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते ११:०८

२५ अक्टोबर, कोलोराडो । दोश्रोे ठूलो चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर र लङमन्टमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

कोलोराडोमा कृयाशील नेपाली घरको आयोजना तथा स्थानीय संघसंस्थाको सहयोगमा देउसीभैलो खेलिएको हो ।

अक्टोवर १८ मा एभरेष्ट रेष्टुरेन्ट लङमन्ट र अक्टोवर १९ मा बोल्डस्थित मीडोज कम्यूनिटी हलमा देउसीभैलो खेलिएको थियो ।

देउसीभैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आङ्खनो कला जोडदार प्रस्तुत गरेका थिए । त्यसैगरी सधै देउसीभैलो खेलीने अरोरा शहरमा भने यस वर्ष बिशेष कारणले देउसी भैले हुन नसकेको महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसीभैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित कतिपय आ-अाफ्नो जातीय पहिरनमा आएका थिए भने छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली घरका अध्यक्ष लक्षुमण रानाले नेपालीहरुको भाषा, संस्कृती, रितिरिवाज, तथा भेषभुषा स्थानीयलाई पहिचाहन गराउन तथा अमेरीकामा जन्मे हुर्केका बाल बालिकाहरुलाई हाम्रो संस्कृती सिकाउने उद्धेश्यको साथ हरेक बर्ष देउसीभैलो लगायत बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आएको बताएका छन् ।

अध्यक्ष रानाले देउसी भैलोबाट संकलित रकम खर्च कटाएर बाँकी रहेको एक हजार ३ सय ३४ डलर नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन् ।

उनले यो रकम नेपाली घरको मात्र नभएर संम्पूर्ण कोलोराडो बासीको हो र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गरिने प्रष्ट्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?