८ कात्तिक, काठमाडौं । मनाङको प्रदेश सभा सदस्य ‘ख’की एमाले उम्मेदवार खण्डा लामा गुरुङले आˆनो उमेदवारी फिर्ता लिएकी छिन् ।
स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आˆनो उमेदवारी फिर्ता लिएकी हुन् ।
एमालेले प्रदेशसभामा मनाङ्गेको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी आलोचना भएपछि टिकट दिइएन ।
लगतै मनाङ्गले स्वतन्त्र उम्मेदवारी दिए । बुधबार एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।
एमाले मनाङ अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पाल्देन छोपाङ गुरुङले अनलाइनखबरसँग भने, ‘उनीहरु -मनाङ्गे र खण्डा) दाजु बैनी हुन् । हाम्रो उम्मेदवारी फिर्ता भएको छ । अब उहाँलाई समर्थन गर्छौं ।’
अब कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4