+
+
Shares

दुबइमा रामकृष्ण, इन्दिरा, हेमन्त, संदिप र नम्रताको भव्य कन्सर्ट हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते १६:४६


यूएइको प्रसिद्ध शहर दुबइमा यहि डिसेम्बर २२ मा भव्य सांकृतिक कार्यक्रम आयोजना हुने भएको छ । ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतीमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित ५ कलाकारले आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् ।

काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले, दुबइमा उल्लेख्य दर्शकको साथमा नेपालबाट चर्चित कलाकार लगेर कार्यक्रम आयोजना गर्न लागेको बताए । उनले भने–‘ग्रिष्मा इन्टरटेमेन्टले आयोजना गर्ने कार्यक्रममा जहिले पनि दर्शकले साथ दिनुभएको छ, यसपटक पनि दुबइका दर्शकले साथ दिनुहुन्छ भन्नेमा आशावादी छौ ।’

‘शुभ यात्रा साँझ’ नाम दिएर आयोजना गर्न लागिएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले आफ्नो प्रस्तुती दिनेछन् ।

कार्यक्रममा बोल्दै गायिका इन्दिरा जोशीले आफू स्टेजमा सफ्टबाट हट हुने बताइन् । दर्शकलाई आफ्ना पुराना तथा नयाँ गीतहरुले मनोरञ्जन दिने उनको भनाई थियो । यस्तै, नायिका नम्रता सापकोटाले पनि आफूले आफ्ना चर्चित गीतहरुमा नृत्य गर्ने बताइन् । कार्यक्रममा दर्शकलाई विभिन्न बिषयमा कमेडी गर्दै मनोरञ्जन दिने कलाकार सन्दिप क्षेत्रीले बताए । यस्तै, गायक हेमन्त रानाले पनि आफूले सन्देशमुलक गीत सन् २०१० देखि गाउन थालेको भन्दै कार्यक्रममा आफ्ना चर्चित गीत गाउने सुनाए । मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले दुबइको व्यवस्थापन गर्नेछन् ।

टिकटको विक्री हेरेपछि कुन हलमा कार्यक्रम गर्ने भन्ने निर्णय गरिने आयोजकले बताएको छ । यो कार्यक्रमको अफिसियल मिडिया अनलाइनखबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?