Comments Add Comment

राजधानीमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

१० असोज, काठमाडौं । राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

चाड-पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएकाे हाे ।

नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको संख्यामा कमी भएकोले आपूर्ति घट्दा काठमाडौंमा रक्त अभाव भएको जनाएको छ ।

रक्तसञ्चार केन्द्रकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले चाडबाडको समयमा विगतमा पनि रगत समस्या हुने गरेको बताउँदै तिहार र छठमा मौजाद कम भएको बताइन् । ‘यसपालिको दशैँमा दाताहरुको संख्या घटेको थिएन तर, अहिले तिहार तथा छठ पर्वको समयमा अभाव भएकोले विशेष क्याम्प सञ्चालन र अनुरोध गरिएको हो’, उनले भनिन् ।

काठमाडौंको रगत अभावपछि रेडक्रसले रक्तदान गर्न सबैमा आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाँउमा बिहीबारदेखि विशेष रक्तसंकलन क्याम्प समेत सञ्चालनमा ल्याएको छ ।

रक्त आपूर्ति सहज नभएसम्म हरेक दिन विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म भृकुटीमण्डपको क्याम्प नियमित चलाइने जानकारी नेपाल रेडक्रस सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment