+
+
Shares

नुहाउँदा गरिने पाँच गल्ती, जुन हानिकारक छन्

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते ११:३९


काठमाडौं । नुहाउँदा खासै कसरत गर्नु पर्दैन । शरीरमा साबुन लगायो, पानी हालेर पखाल्यो ।

तर, नुहाउने पनि आफ्नै विधि छ । नुहाउने तरिका नमिल्दा छाला एवं स्वास्थ्य समस्या आउन सक्छ । त्यसैले नुहाउने कुरामा पनि आधारभूत जानकारी भएको राम्रो हो ।

१. धेरैबेर ननुहाउने

गलत तरिका- २० मिनट नुहाउनु

सही समय- १० मिनट

तातोपानीले र धेरैबेर नुहाउनु छालाका लागि हानीकारक हुने गर्छ । यसले छाला चिलाउने समस्या सुरु हुनुका साथै घाउ पनि हुनसक्छ ।

नुहाउने सबैभन्दा ठीक समय जम्मा १० मिनट हो । त्यसो गर्नाले शरीरको दुर्गन्ध तथा धुलोमैला सफा हुनुका साथै शरीरसमेत स्वस्थ रहन्छ ।

२. फोम जेल तथा साबुनको अधिक प्रयोग

गलत बानी- जिउमा साबुन धस्ने

सही तरिका- स्पञ्जको प्रयोग

केमिकलयुक्त साबुन शरीरमा जति धेरै लगायो, त्यति छाला बिगि्रने वा समस्या आउने क्रम बढी हुन्छ ।

अझ, साबुनमा प्रयोग हुने हानीकारक रसायनले शरीरको छालालाई रुखो बनाउनुका साथै त्यसमा भएका प्राकृतिक तेलसमेत नष्ट गर्छ ।

त्यसैले नुहाउँदा सीधै साबुन वा सावर जेलको साटो स्पञ्जको प्रयोग सबैभन्दा राम्रो उपाय हो । स्पञ्चमा केही थोपा सावर जेल, फोम वा साबुन हालेर जीउमा दल्नाले त्यसमा भएका हानीकारक केमिकलले छालालाई धेरै असर गर्न पाउँदैन र छाला सुरक्षित राख्न मद्दत गर्छ ।

३. पुरानो तथा भिजेको स्पञ्जको प्रयोग

गलत तरिका- भिजेको स्पञ्ज

सही तरिका- सुख्खा स्पञ्ज

भिजेको स्पञ्जलाई ब्याक्टेरियाहरुको घर पनि भन्ने गरिन्छ । यस्ता स्पञ्जमा ढुसी पर्नुका साथै विभिन्न किटाणुहरुले संक्रमण गर्ने गर्छ । त्यसैले यस्ता स्पञ्ज प्रयोग गर्दा निकै सावधानी अपनाउनु जरुरी छ ।

महिनामा एक पटक वा चार सातामा एक पटक स्पञ्ज बदल्नाले शरीरमा विभिन्न रोगहरुको संक्रमण हुन पाउँदैन ।

त्यति मात्र होइन, हरेक पटक नुहाउँदा सफा तौलियाको प्रयोग उचित मानिन्छ ।

४. धेरैबेर जीउ पुछ्नु

गलत तरिका- पूरै जीउ सुख्खा पार्ने

सही तरिका- हल्का पुछ्ने

प्रायः मानिस एक पटक नुहाइसकेपछि धेरैबेरसम्म जीउ पुछिरहेका हुन्छन् । जीउमा भएको पानी सुकाउन शरीर पुछ्न आवश्यक पनि छ । तर, पूरै जीउ सुख्खा हुनेगरी जीउ पुछ्नु पनि शरीरका लागि घातक हुनसक्छ ।

त्यसैले हरेक पटक नुहाइसकेपछि हल्का किसिमले शरीरमा भएको पानी पुछ्नु पर्छ । शरीर पुछ्दा नरम तौलियाको प्रयोग गर्नुपर्छ । साथै, हल्का तवरले मात्र पुछ्नु पर्छ ।

शरीरलाई पूरै सुख्खा हुन दिनु हुँदैन । त्यसपछि शरीरमा क्रिम तथा पाउडरको प्रयोग गर्नुपर्छ । यसले शरीरलाई कोमल, मुलायम तथा स्वस्थ राख्न मद्दत गर्छ ।

५. अत्यधिक तातोपानीको प्रयोग

गलत तरिका- अत्यधिक तातोपानी

सही तरिका- ३५ देखि ४० डिग्रीको मनतातो पानी

तातोपानीले शरीरलाई सुख्खा बनाउनुका साथै छालाको नरमपनालाई समेत हटाउँछ । नुहाउँदा अत्यधिक तातोपानी प्रयोगले शरीरमा भएको तेलियपना नाश हुन्छ र शरीर रुखो हुन्छ ।

साथै, अत्यधिक तातोपानी प्रयोगले रक्त प्रवाहसमेत बढाउँछ, जसका कारण शरीरमा जलन हुने, घाउ हुने र पोल्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?