Comments Add Comment

नेपाल-अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने

जुलीलाई नेपाल भ्रमणको निम्ता,परामर्श संयन्त्रको बैठक काठमाडौंमा बस्ने

२७ अक्टोबर, अष्ट्रेलिया । नेपाल र अष्ट्रेलियाबीच प्रत्यक्ष हवाई सेवाका लागि अध्ययन गरिने भएको छ ।

अष्ट्रेलियाका परराष्ट्रमन्त्री जुली विशप र अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबीच बिहीबार संसद भवनमा जुलीकै कार्यकक्षमा भएको भेटवार्तामा नेपाल-अष्ट्रेलिया सिधा हवाई सेवाका सम्बन्धमा छलफल भएको थियो ।

राजदूत शेर्पाले अष्ट्रेलियामा रहेका नेपालीहरुको जनसंख्यालाई दृष्टिगत गर्दै पर्यटक र यात्रुहरुको आवागमनलाई सहज बनाउन सिधा हवाई सेवा सुरु गर्नुपर्ने जोड दिएकी थिइन् ।

भेटका क्रममा राजदूत शेर्पाको प्रस्ताव बारे बोल्दै अष्ट्रलियाका परराष्ट्रमन्त्री जुलीले पर्यटन तथा यातायात मन्त्रालयसँग समन्वय गरी प्रत्यक्ष हवाई सेवा संचालन बारे अध्ययन गरिने बताएकी हुन् ।

साथै परराष्ट्रमन्त्री जुलीले अष्ट्रलियाले अनलाइन भिषा सुरु गरेको र कन्सुलर सेवालाई सहजिकरण गर्ने प्रक्रियामा रहेकोले यसबाट नेपालीको उल्लेख्य सरोकार सम्बोधन हुने बताइन् ।

भेटका क्रममा राजदूत शेर्पाले नेपालको राजनीतिक घटनाक्रम र नजिकै आएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको बारेमा पनि जानकारी गराएकी थिइन ।

जुलीलाई नेपाल भ्रमणको निम्ता

भेटवार्तामा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाले अष्ट्रेलियाकी पराष्ट्रमन्त्री जुलीलाई नेपालको औपचारिक भ्रमणका लागि आग्रह गरेकी छन् ।

बिहीबार भएको भेटवार्तामा राजदूत शेर्पाले अष्ट्रेलियाबाट लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको भन्दै भ्रमणका लागि आग्रह गरेकी हुन् ।

भेटमा संयुक्तराष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्य निर्वाचित गर्न सहयोग गरेको भन्दै राजदूत शेर्पाले अष्ट्रेलियालाई धन्यवाद दिएकी थिएन । सार्थ अष्ट्रेलिया पनि निर्वाचित भएकोमा बधाई ज्ञापन गरेकी थिइन् ।

राजदूत शेर्पाले अष्ट्रेलियाले बाढीपहिरो र भूकम्प लगायत प्राकृतिक प्रकोपको समयमा नेपाललाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको लागि आग्रह गररिन् ।

परामर्श संयन्त्रको बैठक काठमाडौंमा

भेटघाट तथा छलफलको अन्त्यमा द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्न यसै वर्ष भएको समझदारी महत्वपूर्ण भएको भन्दै यसको पहिलो बैठक काठमाडौं गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा अष्ट्रेलियाका डेभिड क्लम्यान एमपी, स्थानीय परराष्ट्र तथा व्यापार विभागका उच्चस्तरीय अधिकारीहरु र नेपाली दूतावासका उपनियोग राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment