Comments Add Comment

विराटनगर कारागारका कैदीको मृत्यु

११ कात्तिक, विराटनगर । विराटनगरस्थित कारागारका एक कैदीको शुक्रबार साँझ मृत्यु भएको छ ।

मोरङको उर्लाबारी-६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यही कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment