१२ कात्तिक, काठमाडौं । काठमाडौंसहित देशको पूर्वी भागमा आज पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । मौसम विभागले जनाए अनुसार, शनिबार बेलुका काठमाडौंमा २६.३ मिलिलिटर पानी परेको थियो भने केही ठाउँमा असिनासमेत परेको थियो ।तर आइतबार बिहान भने काठमाडौंमा घाम लागेकाे छ ।
मौसमविज्ञ समिर श्रेष्ठका अनुसार, आज पनि काठमाडौंलगायत पूर्वी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । हिमाली क्षेत्रमा हिजैदेखि हिउँ पर्ने क्रम सुरु भएको छ । चिसो बढ्दै गयो भने हिँउ पर्ने सम्भावना बढी हुन्छ ।
जुम्लाको तापक्रम अहिले १ डिग्री रहेको छ भने चिसो याममा जुम्लामा माइनस १० सम्म हुने भएकाले अहिल्यै चिसो बढ्यो भनेर आत्तिन नपर्ने मौसम विज्ञ श्रेष्ठले बनाए । ‘जुम्लामा चिसो बढेको छ तर, माइनस १० सम्म जाने भएकाले आत्तिइहाल्न पर्दैन ।’
हिँउ परेकै कारण चुनाव सर्ने त होइन भन्ने आशंका पनि छँदैछ । चुनाव आउन अझै एक महिना बाँकी भएकाले अहिल्यै मौसमको कारण चुनाव गर्न गाह्रो आँकलन गर्नु हतारो हुने उनले बताए ।
प्रतिक्रिया 4