Comments Add Comment

बामदेव निवासमा एमाले स्थायी कमिटी बैठक, सिट बाँडफाँटबारे छलफल

१२ कात्तिक, काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसीरहेको छ ।

उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

वाम गठवन्धनमा आवद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।

यसैगरी आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची संशोधनको अन्तिम दिन भएकाले पनि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment