+
+
Shares

डेढ सय करोडमा रणवीर र आलियाको फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १४:५५


निर्देशक आयन मुखर्जी महंगो बजेटमा सुपरहिरो चलचित्र निर्देशनको तयारीमा छन् । यो चलचित्रमा नायक रणवीर कपुर, नायिका आलिया भट्टको साथमा चर्चित अभिनेता अमिताभ बच्चनले काम गर्दैछन् । कलाकारको कोणबाट यो चलचित्र पावरफूल छ ।

तर, निर्देशक मुखर्जी आफ्नो चलचित्र मेकिङको हिसाबले पनि हलिउड स्टान्डर्डको हुने दाबी गरिरहेका छन् । उनले आफ्नो करिअरकै सबैभन्दा सफल चलचित्र यहि नै हुने समेत बताए । चलचित्रको नाम ‘ब्रम्हास्त्र’ राखिएको छ ।

सन् २०१९ मा यो चलचित्र रिलिज गर्ने आयानको भनाई छ । चलचित्रको लागि डेढ सय करोडको बजेट लाग्ने बताइएको छ । बलिउडमा डेढ सय करोडमा कमै मात्र चलचित्र बन्ने गरेका छन् । यो चलचित्रलाई थ्रीडी प्रविधीमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?