+
+
Shares

यो हो दुनियाँकै महँगो रक्सी, एक बोतलको मूल्य ४० करोड

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते ११:०७


यो संसारका अधिकांश मानिसले रक्सी पिउँछन् । के तपाईंले कहिल्यै जान्न खोज्नुभएको छ, दुनियाँको सबैभन्दा महँगो रक्सीको मूल्य कति होला ? अब तपाईंले दुनियाँको सबैभन्दा महँगो रक्सी कुन हो ? यसको मूल्य कति पर्छ ? र, यसको विशेषता के छ ? भन्ने कुरा थाहा पाउनुहुनेछ ।

बिलेनियर भोडका नामक मदिरा नै विश्वको सबैभन्दा महँगो रक्सी हो । यसको नामले नै बताउँछ कि यो अर्बपतिले पिउने भोड्का हो ।

यो भोड्काको एक बोतलको मूल्य झण्डै ४० करोड रुपैयाँ पर्छ । यो रक्सीभन्दा यसको बोतल कैयन् गुणा महँगो छ । बोतलकै कारण यो रक्सीको भाउ यति चर्को भएको हुनुपर्दछ । यो भोड्काको बोतलमा ३ हजार टुक्रा हीरा जडान गरिएको छ ।

यो भोड्का स्वादमा पनि अरु सामान्य भोड्काभन्दा फरक छ । यसको एक बोतलमा ५ लिटर भोड्का छ । यो रसियन भोड्का गहुँ तथा शुद्ध पानीबाट बनाइएको हो ।

डिजाइनर लियोन भेरेसले यो भोड्काको बोतलको डिजाइन गरेका हुन् । उनै डिजाइनरले यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन पनि डिजाइन गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?