Comments Add Comment

मोबाइलभित्र लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा एक पक्राउ

१३ कात्तिक, झापा । झापाको मेचीनगर नगरपालिका–६ मा रहेको भन्सार कार्यालयको मुलगेटबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड –६ का शुसिल लिम्बु छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा मोबाइलभित्र लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment