Comments Add Comment

आरजुबिरुद्ध नारदमुनिलाई उठाउने एमालेको निर्णय, प्रदेश सातका २३ उम्मेदवार छानिए

१३ कात्तिक, काठमाडौं । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभातर्फ १६ सिट पाएको थियो ।

जसअनुसार एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

त्यस्तै कैलाली क्षेत्र नम्बर १ मा गरिमा शाह, क्षेत्र नम्बर २ कम झप्पड रावल र क्षेत्र नम्बर ५ मा नारदमुनी राना थारु उम्मेदवार बन्नेछन् । कैलालीको क्षेत्र नम्बर ३ र ४ मा माओवादीका उम्मेदवार हुनेछन् ।

कञ्चनपुरको क्षेत्र नम्बर २ मा नरबहादुर धामी र ३ मा प्रकाश भट्ट उम्मेदवार बन्नेछन् । कञ्चनपुर १ माओवादीले पाएको छ भने त्यहाँ नेत्रृ बिना मगर उम्मेदवार हुनेछिन् ।

यस्तै एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डोटीमा एमालेका प्रेम आले उम्मेदवार हुनेछन् ।

अछाम क्षेत्र नम्बर २ र डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ ।

यता प्रदेशतर्फ कैलाली १ ‘क’मा लालवीर चौधरी, २ ‘क’मा रतन थापा, ३ ‘ख’मा अमर साउद, ४ ‘क’ र ‘ख’मा क्रमसः दीर्घ सोडारी र कृष्ण सुवेदी तथा ५ ‘क’मा नेपालु चौधरी उम्मेदवार बनेका छन् । अन्य प्रदेशमा माअेावादीका उम्मेदवारलाई एमालेले सघाउनेछ ।

त्यस्तै कञ्चनपुर १ ‘क’ र ‘ख’मा क्रमसः तारा लामा तामाङ र मर्यादा विष्ट उम्मेदवार छन् भने २ ‘ख’मा लालबहादुर खड्का र ३ ‘क’मा प्रकाश रावल उम्मेदवार छन् ।

यस्तै डडेल्धुरा प्रदेश ‘क’मा पठानसिंह बोहोरा र ‘ख’मा डा. तारा जोशी उम्मेदवार छन् ।

डोटीमा ‘क’मा प्रदेशसभातर्फ चक्र मल्ल उम्मेदवार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment