Comments Add Comment

दयाको यस्तो रुपले ‘फाटेको जुत्ता’ प्रति बढायो कौतुहलता


चलचित्र ‘फाटेको जुत्ता’मा नायक दयाहाङ राइको पनि अभिनय रहेको खुलेको छ । निर्माणपक्षले अहिलेसम्म दयालाई चलचित्रको प्रचारबाट अलग राख्दै आएको थियो ।

तर, चलचित्र रिलिज हुन ३ दिन मात्र बााकी रहेको समयमा दयाहाङको फरक भूमिका सार्वजनिक गरिएको हो । यो चलचित्रको पोष्टरमा दयालाई देविको अवतारमा देखाइएको छ । यसैले पनि उनको चलचित्रमा विशेष र रमाइलो भूमिका रहेको वुझ्न सकिन्छ ।

अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको यो चलचित्र कात्तिक १७ गतेबाट रिलिज हुादैछ । डार्क कमेडीको यो चलचित्रले मधेसको कथालाई उठान गरेको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ भने नायिका बर्षा राउत र नायक दयाहाङ राइको विशेष भूमिका छ ।

सौगात र दया मल्टिप्लेक्समा जमेका कलाकार हुन् । उनीहरुको उपस्थितीले चलचित्रको व्यापारिक आाकडा उच्च हुने विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment