Comments Add Comment

झापामा माओवादीले पायो प्रदेशको २ सहित ३ सिट

क्षेत्र नम्बर १ मा राम कार्की उम्मेदवार

राम कार्की

१५ कात्तिक, झापा । वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ ।

वाम तालमेलअनुसार माओवादीले प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर १ पाएको छ । यसैगरी प्रदेशसभामा क्षेत्रनम्बर ४ (क) र ३ (ख) पनि माओवादीले पाएको छ ।

प्रतिनिधिसभामा झापा १ मा माओवादीले राम कार्कीलाई उम्मेदवार बनाएको छ । कार्की पूर्वसञ्चारमन्त्री र पार्टीको विदेश विभागको पूर्वप्रमुख हुन् ।

यसैगरी प्रदेश सभातर्फ ४ (क) मा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’लाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ । दर्लामी पार्टीको पोलिटव्यूरो सदस्य हुन् ।

प्रदेश सभातर्फ नै क्षेत्रनम्बर ३ (ख) मा पूर्ण राजवंशी उम्मेदवार बन्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment