+
+

झापा ३ मा वाम गठवन्धनको समर्थन लिङ्देनलाई

'राप्रपाले मेची अञ्चलभर वाम गठवन्धनलाई सघाउने'

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते ११:२१

१५ कात्तिक, काठमाडौं । एमाले र माओवादीले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने भएका छन् । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले आज अपरान्ह झापामा पत्रकार सम्मेलन गरेरै यसको औपचारिक जानकारी दिँदैछन् ।

झापा ३ मा राप्रपाबाट लिङ्देन र कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन् ।

एमाले झापाका अध्यक्ष चिन्तन पाठकले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने सहमति भएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘हामीले राप्रपालाई ३ नम्बरमा सघाउने र राप्रपाले हामीलाई मेची अञ्चलभर सघाउने सहमति भएको छ ।’

माओवादी केन्द्रका नेता राम कार्कीले पनि त्यसलाई पुष्टि गर्दै अनलाइनखबरसँग भने, ‘अहिले परिस्थिति त्यस्तै बन्यो ।’

शुरुमा झापा ३ मा कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई समानुपातिकको सूचीमा राखेको थियो भने राप्रपाले लिङ्देनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

सिटौलाले प्रत्यक्षमै चुनाव लड्ने भनेपछि कांग्रेसले राप्रपासँग सहमति तोड्दै उनैलाई उम्मेदवारको रुपमा अघि सारेको छ । यो निर्णयले राप्रपासँग कांग्रेसको सम्वन्ध विग्रिएको छ ।

झापा ३ मा भद्रपुरका १ देखि ८ वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्दछ । केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिका पनि ३ नम्बर क्षेत्रमै पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तह निर्वाचमा एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?