Comments Add Comment

स्थानीय तहलाई पर्यटन शुल्क उठाउन रोक

१५ कात्तिक, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पर्यटन शुल्क असुल्नमा रोक लगाएको छ ।

केही तहले आन्तरिक र बाह्य पर्यटकसँग आफूखुशी शुल्क असुल्न थालेको गुनासो आएपछि मन्त्रालयले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्देशनमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत शुल्क तथा दस्तुर लिन मिल्दैन ।’

स्थानीय सरकार सञ्चालन ऐनअनुसार पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेशले निर्धारण र संकलन गर्छ ।

उद्यान, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र संग्रहालयको मात्रै शुल्क स्थानीय निकायले निर्धारण गर्न सक्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment