Comments Add Comment

प्रदेश २ मा फोरमकै सरकार बन्ने उपेन्द्र यादवको दाबी

१५ कात्तिक, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवले चुनावी अभियान शुरु गरेका छन् । उम्मेदवारी दर्ताको अघिल्लो दिन सदरमुकाम राजविराजमा पार्टी प्रवेश गराउँदै यादवले चुनावी अभियान शुरु गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई महिनाभित्र मधेस प्रदेश बन्ने उद्घोष गरे । ‘जब फोरम नेपालको सरकार बन्छ अनि जनतालाई काठमाडौंको मुख ताक्नु पर्दैन’ उनले भने ।

मधेस प्रदेश बनाउन राजपासँग गठबन्धन गरेको अध्यक्ष यादवले बताए । ‘मधेस प्रदेश बनेपछि स्व. गजेन्द्रनारायण सिंहको सपना पनि साकार हुन्छ’ उनले भने, ‘यो सपना साकार गर्नका लागि राजपासँग पनि गठबन्धन गरिएको छ ।’

मधेशी जनताले पनि एक भएर चुनावमा जाने म्यान्डेड दिएको बताउँदै उनले त्यसअनुसार गठबन्धन बनाएको उनको दाबी छ ।

‘सप्तरीसँग मेरो गहिरो माया छ’

फोरम अध्यक्ष यादवलेसप्तरीसँग आफ्नो गहिरो माया रहेको बताए । यसअघि पनि चुनाव लड्न सप्तरी आएको तर सुनसरीबासीले तानेर लगेको बताए । ‘यस पटक आफ्नो मायालाई प्रष्टफुटित गर्न यहाँबाट उम्मेदवारी दिँदैछु’ उनल भने, “सप्तरी मेरो जन्मभूमि हो । र, यहाँका जनतासँग मेरो प्रेम छ ।”

यस पटकको चुनाव अन्य गठबन्धनका लागि चुनाव भएपनि आफूहरुको लागि युद्व भएको बताउँदै यो युद्वमा सघाउन उनले सम्पूर्ण सप्तरीबासीसँग आग्रह गरे ।

गच्छदारका नेताहरु फोरम नेपालमा प्रवेश

कार्यक्रममा विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेश चौधरीसहितका नेता/कार्यकर्ता फोरम नेपालमा प्रवेश गरे । गच्छदार कांग्रेसमा बिलय भएपछि रुष्ट बनेका चौधरीसहित सप्तरीका अधिकांश कार्यसमितिका पदाधिकारी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

चौधरी फोरम लोकतान्त्रिकबाट राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिए तर, पराजित भए । चौधरीले आफूलाई फोरम नेपाल मन परेकाले पार्टी प्रवेश गरेको बताउँदै बाँकी जीवन यही पार्टीमा बिताउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment