नायक साहरुख खानले आफ्नो जन्मदिन धुमधामका साथ मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर वुधबार बेलुकी बलिउडका कलाकार उनको फार्म हाउसमा पुगे ।
फार्ममा हाउसमा निर्देशक करण जोहर, फराह खान, नायिका कट्रिना कैफ, आलिया भट्ट देखिए । फार्म हाउसमा पुग्ने वित्तिकै कट्रिना र आलियाले एकसाथ तस्बिर पोष्ट गरेका थिए ।
तर, पार्टीमा त्यतिबेला ट्विस्ट आयो जब दीपिका पादुकोण पनि फार्म हाउस पुगिन् । दीपिका फार्म हाउस पुगे लगतै नायिका कट्रिना कैफ पार्टीबाट बाहिरिएकी थिइन् ।
पार्टीमा बसेर गसिपमा रमाउनु भन्दा बाहिर निस्कन नै कैफले उत्तम ठानेको हुनसक्छ । नायक रणवीर कपुरसँगको प्रेमका कारण दीपिका र कट्रिना चर्चामा थिए । दीपिकासँग प्रेम सम्बन्धमा रहेकै समयमा रणवीरले कट्रिनासँग सम्बन्ध जोडेपछि यी दुई चर्चित नायिकाविच लफडा सुरु भएको हो । यी दुइविचको शितयुद्ध अझै नसकिएको प्रष्ट हुन्छ ।
प्रतिक्रिया 4