Comments Add Comment

पार्टीले उम्मेदवार बनायो, मैले स्वीकार गरेँ: दमननाथ

१६ कात्तिक, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर २ मा उम्मेदवार बनाउने कांग्रेसको निर्णय स्वीकार गरेको बताएका छन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले २६ वर्ष पहिले काठमाडौंमा वाम गठबन्धनलाई पराजीत गरेका थिए । ०५१ को चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगानालाई हराएपछि उनी सक्रिया राजनीतिबाटै हराएका थिए ।

यतिबेला फेरि वाम गठबन्धन बनेका बेला ढुंगानालाई चुनावी मैदानमा अगाडि सारिएको छ । र, उनले एमालेका युवासंघका उम्मेदवार महेश बस्नेतको सामना गर्नुपर्ने भएको छ ।

कसैले पूर्वानुमान नगरेको अवस्थामा कांग्रेसले भक्तपुर २ मा ढुंगानालाई टिकट दिएको छ, जहाँ वाम गठबन्धनबाट युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत उम्मेदवार छन् ।

दुई दशकपछि सक्रिय राजनीतिमा फर्किएका ढुंगानाले अनलाइनखबरसँग भने, ‘उम्मेदवार बनाउने पार्टीको निर्णय हो, त्यसलाई मैले पनि स्वीकार गरेँ ।’

ढुंगानाले ०४८ मा काठमाडौं २ बाट सांसद जितेका थिए । त्यसबेला पनि उनले वाम गठबन्धनका मल्लके सुन्दरलाई हराएका थिए । एमाले र तत्कालीन संयुक्त जनमोर्चावीच तालमेल भई मल्ल बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए । तर, वाम गठबन्धनलाई ढुंगानाले हराएका थिए ।

त्यसबेला ढुंगानाले २३ हजार मत ल्याएका थिए भने वाम गठबन्धनका मल्लले १९ हजार मत ल्याएका थिए ।

तर, ०५१ को मध्यावधि चुनावमा भने ढुंगाना एमाले नेतृ विद्या भण्डारीसँग पराजित भए । त्यसपछि ढुंगाना संक्रिय राजनीतिमा थिएनन् । सो चुनावमा विद्याले २१ हजार मत पाउँदा ढुंगाना १३ हजार मात्रै मत पाए ।

ढुंगानाले अनलाइनखबरसँग कुरा गर्दै आफू शान्ति, प्रजातन्त्रका लागि क्रियाशील रहेको र उम्मेदवारी पनि त्यसकै निरन्तरता भएको बताए । ढुंगानाले अघि भने, अहिलेको बदलिँदो परिस्थितिमा पार्टीले मेरो पनि औचित्य देख्यो, म धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment