Comments Add Comment

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज


माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो ।

३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘कान्छी’का मुख्य कलाकार शिव श्रेष्ठ र शर्मिला मल्ललाई सम्मान पनि गरियो ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलाई फिचरिङ गरिएको छ । यो गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर तथा संगीत छ । गायिका अन्जु पन्तले गायकीमा राजनलाई साथ दिएकी छिन् ।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित भएका चलचित्रका कलाकार निर शाहले ३३ बर्ष अगाडि ‘कान्छी’ बन्दाको घटनाको स्मरण गरेका थिए । नायिका स्वेता खड्काले एउटा राम्रो चलचित्र बनाउने प्रयास आफूले गरेको बताइन् भने नायक दयाहाङ राइले गीतमा नाच्न आफूलाई गाह्रो भएपनि यसमा खुबै मिहिनेत गरेको सुनाए ।

यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment