+
+
Shares

कांग्रेस महामन्त्रीले भने- वाम गठबन्धनसँग डराउनु पर्दैन

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ कात्तिक १६ गते १८:१०

१६ कात्तिक, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वामगठबन्धनसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले वामगठबन्धनले भनेझैं दुई तिहाई आउने र साम्यबाद ल्याउने दिवा स्वप्न भएको कोइरालाको टिप्पणी छ ।

नवलपरासीको नवलपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री कोइरालाले पार्टी एकताको कार्यदिशासहित बनेको गठबन्धनमा गुट उपगुट मौलाइसकेको बताए ।

शशांकको प्रस्ताव दोणबन सन्यायी र समर्थक गजेन्द्रबहादुर आले मगर रहेका थिए ।

संविधान सभाको पहिलो निर्वाचन र दोस्रो निर्वाचनमा डा. कोइराला यही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

डा. शशांक कोइरालासँग बाम गठबन्धनबाट नेकपा माओवादीका पोलिटव्युरो सदस्य भविश्वर पराजुली, नयाँ शक्ति पार्टीका कृष्णप्रसाद गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारी, विवेकशील साझा पार्टीका हरिप्रसाद गौतम, राष्टिय जनमुक्ति पार्टीका तिलक थापा मगर सहित ८ जना चुनावी प्रतिप्रर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?