+
+
Shares

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १५५ को उम्मेदवारी

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ कात्तिक १६ गते १८:४३
उम्मेदवारी दर्ता गराउँदै डा. शेखर कोइराला

१६ कात्तिक, बिराटनगर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङका ६ निर्वाचन क्षेत्रमा वाम गठबन्धन तथा नेपाली कांग्रेसका हेभिवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन् ।

मोरङबाट पूर्वसञ्चारमन्त्री डा. मिलेन्द्र रिजाल, पूर्वअर्थमन्त्री महेश आर्चाय, पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विनाविभागीय मन्त्री शिवकुमार मण्डल, कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला लगायतले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बू, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट सुनिल शर्मा, ४ बाट महेश आचार्य, ५ बाट अमृत अर्याल र ६ बाट डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, बाम गठबन्धनको तर्फबाट १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ नं. निर्वाचन क्षेत्रबाट लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङबाट १५५ जनाले प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?