+
+

विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते ८:००

इशा देवल बलिउडमा खासै नाम चलेकी अभिनेत्री होइनन् । उनको अभिनयमा पनि कुनै दम छैन ।

यद्यपि, बोल्ड फोटोहरु सार्वजनिक गरेर उनी बेलाबखत चर्चामा आउने गर्छिन् । हालै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटोहरु सेयर गरिन् । ती फोटोमा उनी टपलेस र न्यूड देखिएकी छिन् । नभन्दै ती फोटोले गर्दा कन्डम उत्पादन गर्ने एउटा कम्पनीको आँखा उनीमाथि पर्‍यो ।

उक्त कम्पनीमा पोर्न फिल्मबाट बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीले ब्रान्ड एम्बेसडरको रुपमा काम गर्दै आएकी थिइन् । तर, उनीसँगको अनुवन्ध तोडेर कम्पनीले इशालाई ब्रान्ड एम्बेसडर बनाउन खोज्यो र प्रस्ताव पनि राख्यो ।

तर, इशाको डिमान्ड सुनेपछि कम्पनी हच्कियो । स्रोतका अनुसार इशाले सन्नीले पाइरहेकोभन्दा दोब्बर पारिश्रमिक डिमान्ड गरेकी थिइन् । कम्पनीले उनको डिमान्ड स्वीकार गरेन । बरु सन्नीलाई नै निरन्तरता दिने निर्णय गर्‍यो ।

बलिउडका मुलधारका अभिनेत्रीहरु भने कन्डमको विज्ञापन खेल्न डराउँछन् । वर्षौं पहिले पुजा बेदीले कन्डमको विज्ञापन खेल्दा निकै आलोचना सहनु परेको थियो । तर, हालै मात्र विपाशा बसुले आफ्नो श्रीमानसँग खेलेको विज्ञापनको भने खासै चर्चा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?