+
+
Shares

सरकारले तिरो नतिरेपछि गुठी संस्थान धरासायी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १३:४५

१७ कात्तिक, काठमाडौं । सरकारले जग्गा उपभोग गरेवापतको झण्डै ३२ अर्ब रुपैयाँ तिरो नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी बनेका छन् ।

गुठी संस्थानका जग्गा उपयोग गर्नुको साथै तिनमा विभिन्न संघ संस्थाका भवन निर्माण गरेपनि सरकारले कुनै तिरो भरण नगरेका कारण गुठी संस्थान संचालनमा बाधा पुगेको हो ।

आफ्ना जग्गा तथा भवन प्रयोग भएवापतको रकम प्राप्त हुन नसकेपछि देवस्थलका महन्त, पूजारी, कर्मचारी तथा कामदारको तलबभत्ता दिन नसक्ने अवस्थामा गुठी संस्थान पुगेको छ ।

शुक्रबार राजधानी काठमाण्डौमा आयोजित गुठी संस्थानको ५४ बाषिर्कोत्सव समारोहमा संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले काठमाडौंसहित जनकपुर, कालिगण्डकी जलविद्युत् परियोजना लगायत स्थानमा गरी सरकारले संस्थानलाई ३२ अर्ब बढीको मुआब्जा क्षतिपुर्ति उपलब्ध नगराएको गुनासो गरे । उनले ती जग्गाको मुआब्जा, क्षतिपूर्ति, बहाल, भूबहाल गुठीले नपाउँदा गुठी संञ्चालनमा समस्या भएको बताए ।

आर्थिक बर्ष २०७३/ ७४ मा संस्थानले ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम मालपोत, कुतबाली, निवेदन दस्तुर, लगानीको व्याज, दण्ड जरीवाना, घरदस्तुर, वहाल, ठेक्का पट्टा, बगैँचा पोखरीको एकशाला र बक्यौताबाट प्राप्त भएको हो ।

सरकारले गुठी संस्थान संचालनका लागि दिँदै आएको प्रशासनिक खर्च २०४९/५० सालदेखि कटौती गरेपछि संस्थानलाई आफ्नै आम्दानीबाट प्रशासनिक खर्च गर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?