Comments Add Comment

तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको दोस्रो पटक शिलान्यास

१७ कार्तिक विराटनगर । विराटनगरमा निर्माण हुने तारणीप्रसाद कोइराला सञ्चारग्रामको दोस्रो पटक शुक्रबार शिल्यानास गरिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रको केन्द्र बनाउने उद्देश्यले विराटनगर-४ स्थित खार्जी कोहबारामा निर्माण गरिने सञ्चारग्रामको विराटनगर महानगरपालिका मेयर भिम पराजुलील शिल्यानास गरे ।

यसअघि संचारग्रामको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शिल्यानास गरेका थिए । शिल्यानास गरिएको भएपनि वजेट विनियोजित नहुँदा निर्माणको काम अलपत्र वनेको थियो ।

प्रधानमन्त्री ओलीले शिल्यानास गरेको संचारग्रामको पुन आज महानगरपालिकाका मेयर पराजुलीले शिल्यानास गरेका हुन । संचार मन्त्रालय र रेडियो नेपालको १९ करेाड ९६ लाखको संयुक्त लगानीमा सञ्चारग्राम निर्माण हुन लागेको हो ।

६ कÝा ८ घुरमा निर्माण हुन लागेको संचार ग्राम ४ तले हुनेछ । संचारग्राम प्रोजेक्टका इन्जिनियर अर्जुन थापाका अनुसार आगामी ०७५ चैत मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने छ ।

सञ्चारग्राम विराटनगर महानगरपालिकाको व्यवस्थापनमा निर्माण हुने सञ्चारग्राममा २ सय ५० जना अट्ने हल, एक सय ५० जना क्षमताको तालिमहल, क्षेत्रीय सञ्चार संग्राहलय, इ-लाइब्रेरी, रेकर्डिङ स्टुडियो, समाचार तथा कार्याक्रम प्रशारणका लागि एफएम स्टुडियो, प्रशासनिक कक्षलगायतका संरचना निर्माण हुनेछ ।

काठमाडौं बाहिर प्रादेशिक संरचना अनुरुप निर्माण हुन लागेको विराटनगरको सञ्चारग्राम नेपालकै पहिलो हो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले स्टिल संरचनामा निर्माण गर्न लागिएको संचारग्राम अत्याधुनिक र सुविधासम्पन्न नेपालकै नमूना बनाउन लागिएको वताए ।

नेपालमा प्रजातन्त्र रेडियोको नामबाट तारणीप्रसाद कोइरालाले पहिलोपटक विराटनगरबाट रेडियो प्रशारण सुरु गरेका थिए । प्रजातन्त्र र रेडियो प्रशारणको उद्गम स्थलका रुपमा रहेको विराटनगरमा रेडियोको सुरुवाद गर्ने कोइरालाको नामबाट सञ्चारग्राम निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment