१८ कात्तिक, बिराटनगर । नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताएका छन् । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।
बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने दाबी गरे ।
आर्चायले एमाले र माओवादी पार्टीले निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने योजना बनाएको आचार्यको दाबी छ ।
आचार्यले भने– ‘उनीहरुको योजना मुलकमा साम्यवादी शासन ल्याउने नै छ, तर उनीहरुको त्यो सपना कांग्रेसले पूरा हुन दिने छैन ।’
पूर्वअर्थमन्त्री समेत रहेका भएका नेता आर्चायले वाम गठवन्धनले नयाँ प्रयोगका नाममा राष्ट्रपतीय प्रणाली ल्याउने योजनाले मुलुक द्वन्द्वतर्फ जाने तर्क गरे ।
प्रतिक्रिया 4