Comments Add Comment

‘कान्छी’को गीतले २४ घन्टामै राख्यो रेकर्ड

गीतसंगीतको सफलताको मापन अहिले युटुबबाट गरिन्छ । कुन गीत कती चल्यो भन्ने जान्न युटुबमा पाएको दर्शकको  संख्यालाई आधार बनाइन्छ । यही आधारमा चलचित्र ‘कान्छी’को गीतले युुटुबमा रेकर्ड नै राखेको छ । यो चलचित्रको ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतलाई २४ घन्टामै ४ लाख बढीले हेरेका छन् । युटुबमा कुनै चलचित्रको गीत २४ घन्टामा सर्वाधिक हेरिएको रेकर्ड अब ‘कान्छी’ले राखेको छ ।

माघ २६ गतेबाट रिलिज हुने चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । यस्तै, यो गीतमा अन्जु पन्त र राजनराजले स्वर दिएका छन् । यो गीतलाई दर्शकले मन पराइदिनु भएको भन्दै नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले भनिन्–‘हामीले यो गीतबाट धेरै आशा राखेका थियौ, दर्शकले सोही अनुसारको माया दिनुभएको छ । चलचित्रले पनि उहाँहरुलाई निराश बनाउने छैन ।’ यो समाचार तयार पार्दासम्म यो गीतलाई युटुबमा ५ लाख ९० हजार भन्दा बढी पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment