१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उदयपुर२ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् ।
उपयपुर-२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिकट दिएका थिए ।
दुई दलबीच शीर्ष तहमा सम्वाद भएपछि एमालेले खतिवडालाई उम्मेदवारी फिर्ता लिन लगाएको छ । ‘पार्टी केन्द्रको निर्देशनमा उम्मेदवारी दर्ता गराइएको थियो । अहिले वम गठबन्धनको वृहतर हितमा फिर्ता लिन भनेपछि लिएको छु’ खतिवडाले अनलाइनखबरलाई भने ।
प्रदेशसभातर्फ भने उदयपुर २ को ‘क’मा भने माओवादीले पार्टी उम्मेदवारलाई पछि हटाएको छ र स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।
त्यहाँ माओवादीबाट भेषकुमारी राउतले उम्मेदवारी दिएका थिइन् भने माओवादीकै नारायणबहादुर मगरले बागी उम्मेदवारी दिएका थिए । अब राउतको उम्मेदवारी फिर्ता भएको छ र मगरलाई समर्थन गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया 4