+
+
Shares

सल्यानमा स्वतन्त्रलाई माओवादीको समर्थन, मन्त्री बस्नेत विरुद्धको बागी फिर्ता भएन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते १५:००
१९ कात्तिक, काठमाडौं । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।
माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी कायमै राखेका हन् ।
प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका संस्थापक नेता तथा पार्टी पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् ।
प्रदेश(क)बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश (ख)बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व छापामार जीतबहादुर पुनले पनि उम्मेदवारी कायमै राखेको माओवादी सल्यानका संयोजक कर्णबहादुर बुढाथोकी छहारीले जानकारी दिए ।
संयोजक छहारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका शर्माद्वय र पुनलाई जिल्ला पार्टीको नै समथर्न रहेकोले फिर्ता नलिएको बताए । ‘कुरा त भयो उहाँहरूको उम्मेदवारी कायम छ,’ उनले भने,’जिल्लाकै निर्णय हो, स्वतन्त्रलार्इ समर्थन छ, त्यही भएर फिर्ता नलिइएको हो ।’
बस्नेत विरुद्ध उम्मेदवारी दिएका उमाकान्त शर्माले जिल्ला पार्टीको निर्णयअनुसार नै आफूले उम्मेदवारी फिर्ता नलिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?