+
+
Shares

बैंकहरुको चिन्ताले थप घट्यो बजार, नेप्से २६ अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते १६:०१


१९ कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंक २६.३५ ले घटेको छ । १५ सयको विन्दुबाट ओरालो लागेर नेप्से १४९६ बिन्दुमा आइपुगेको हो ।

कम्पनीहरुबाट लाभांश घोषणा भइरहदा पनि बढ्न नसकिरहेको नेप्सेलाई बैंकिङ क्षेत्रको मुनाफा दरबारे चलिरहेको नयाँ बहसले समेत प्रभाव पारेको हो ।

हालसम्म वित्तीय विवरण प्रकाशित गरेका सिटिजन्स, सनराइज बैंक, बैंक अफ काठमाण्डु, ग्लोबल आइएमइ, हिमालयन, मेगा लगायतका बैंकको नाफा घटेको छ । अन्य वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा धेरैको नाफा ६/७ प्रतिशतको हाराहारीमा रहेको छ । नाफा नघटेको बैंकहरुको पनि पहिलेको भन्दा प्रतिफल क्षमता घटेको देखिन थालेको छ ।

वाणिज्य बैंक समूहको भार नेप्सेमा उच्च रहेकोले पनि यस सूचकमा हुने प्रभावको नेप्सेमा बढि प्रभाव पर्ने गर्छ । चुक्ता पूँजी पछि पनि बैंकहरुको व्यवसाय विस्तारमा भने अपेक्षित देखिएको छैन् । कतिपय बैंकको कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) ८५ देखि ९० प्रतिशत सम्म देखिन थालेको छ । निक्षेपको वृद्धिदरमा सुस्तता आएको छ । प्राथमिक पूँजी र निक्षेपको तुलनामा पनि कतिपय बैंकको कर्जा लगानी ७७ प्रतिशतसम्म पुगेको छ । यस्तो समयमा बैंकहरुले ‘खुलेर’ कर्जा लगानी गर्न सक्ने अवस्था पनि रहदैन् ।

कर्जाको व्याजदर घट्न नसकिरहेकोले पनि बजारमा सेयर धितो राखेर लगानी गर्नेहरुको लागि अनुकुल वातावरण बनेको छैन् । यस दिन नेप्से र बैकिङ समूहको परिसूचकमा लगभग उस्तै प्रवृत्ती देखिएको छ । व्यापारमुलक समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचक घटेपछि पनि नेप्से उकालो लाग्न सकेन ।

बजार घटेको समयमा सेयर किन्ने क्रम भने बढेको छ । यस दिन ६३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन विकास बै.क, वित्त कम्पनी र केही लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?