Comments Add Comment

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरणमाथि अपमान ! घरबेटीले निकाले १५ दिने नोटिश

साउनदेखि भाडा नतिरी जबरजस्ती बसेकाे घरबेटीकाे गुनासाे

२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।

घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ-‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

हेर्नुहोस् सूचना

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् ।

नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै,  यसबाट सिंगै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था  देखापरेकाे छ

घरबेटीले भनेका छन्, घरबहाल सम्झौता नवीकरण नगरी बहाल तथा विजुलीको बिल रकमसमेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने बसाउने कार्य भइरहेको छ ।

आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटीको तर्क छ ।

नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै,  यसबाट सिंगै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था  देखापरेकाे छ ।

सरकारले पूर्वप्रंधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment