कुनै पनि चलचित्रको गीत युटुबमा राम्रै दर्शक बटुल्न सफल भयो भने, निर्माता, निर्देशक र कलाकारको अनुहारमा खुशी छाउँछ । झन्, युटुबको ट्रेन्डिङको नम्बर १ मा नै आयो भने त उनीहरु दंग नपर्ने कुरै भएन ।
युटुबको शिर्ष ट्रेन्डिङ मिडियाका लागि पनि गजबको मसला बन्ने गरेको छ । बिहिबार बेलुकी सार्वजनिक भएको चलचित्र ‘कान्छी’को ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतले अहिले यस्तै सफलता पाएको छ । सार्वजनिक भएको ४ दिनमै यो गीतलाई करिब १० लाख पटक हेरिएको छ भने युटुबको नेपाल ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ ।
राजनराज सिवाकोटीको संगीत र शब्द रहेको यो गीतमा राजन र गायिका अन्जु पन्तको स्वर छ । यो गीतमा चलचित्रका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलाई फिचरिङ गरिएको छ ।
पुरुषोत्तम प्रधानले खिचेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । यो चलचित्र माघको २६ गतेबाट रिलिज हुँदैछ । आकाश अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4