Comments Add Comment

बाँकेमा हात्तीपाइले रोगको अबस्थाबारे सर्वेक्षण सुरु

२० कात्तिक, नेपालगन्ज । बाँकेमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउनको लागि ‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’ सुरु गरिएको छ ।

जिल्लामा पाँच चरण हात्तिपाईले बिरुद्धको औषधि खुवाई सकेपछि पुनः २ चरण औषधि खुवाइ अवस्था बुझ्नको लागि सर्वे सुरु गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा वरिष्ठ जन स्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए ।

उनले भने- ‘सात वर्ष अघि बाँकेमा हात्तिपाइले रोगको अवस्था २१ प्रतिशत रहेकोमा गत वर्ष सञ्चालन गरिएको हात्तिपाईले रोग सर्ने दर परिक्षण -‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’) गर्दा १६ प्रतिशतमा झरेको र यो वर्ष अझ कम हुने अपेक्षा गरिएको छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा यस कार्यक्रम हेर्दै आएकी स्वास्थ्यकर्मी दुर्गा गौतमले नेपालगन्ज उप-महानगरपालिकाको वडा नं.४, कोहलपुर नगरपालिकाको रझेना र राप्तीसोनारी गाउपालिकाको बैजापुरमा हात्तिपाइले रोग सर्ने दरको अवस्था बुझ्नको लागि एक-एक दिने शिविर सञ्चालन गर्दै प्रत्येक ठाँउबाट ३-३ सय जनामा चेकजाँच सुरु गरेको जानकारी दिइन् ।

उनका अनुसार नेपालगन्ज उप-महानगरपालिकाको वडा नं.४ मा सञ्चालन गरिएको शिविरमा ३ सयको रगत परिक्षण गर्दा १७ जनामा हात्तिपाइलेको जिवाणु भेटिएको छ । उनले भनिन नेपालगन्ज उप-महानगरपालिकाकी उप-मेयर उमा थापामगर, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खड्का वडा नं.४ का वडा अध्यक्ष सफिक नद्दाफले रत्तपरीक्षण गराउँदै कार्यक्रमको उद्दघाटन समेत गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाकी उप-मेयर उमा थापामगरले नेपालगन्जमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियानलाई सबैको सहयोगले सफल बनाउँदै हात्तिपाईलेको जीवाणु रहित बनाउन अपिल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment