Comments Add Comment

निर्वाचन निश्पक्ष बनाउन सरकार प्रतिबद्ध छैनः केपी ओली

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकारी निकाय आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन प्रतिवद्ध नदेखिएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन यूरोपेली युनियनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार विहान युरोपेली युनियन निर्वाचन पर्यवेक्षण टोलीसँगको सामुहिक भेटमा उनले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

भेटमा युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक अनुकुल वातावरण बनाइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । जवाफमा ओलीले निर्वाचन पर्यवेक्षण टोलीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment