Comments Add Comment

डोजरले पल्टाएको ढुगांले लागेर गुल्मीमा एकको मृत्यु

२० कात्तिक, गुल्मी । सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक बहिरा ब्यक्तिको मृत्यु भएको छ ।

मुसीकोट नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय भूमिश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

बिद्यालयमा पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथीपट्टि खोल्सामा रहेको मुहानमा पुगेका बेलामा उनलाई ढुंगाले लागेको थियो ।

उनी नेपाल राष्ट्रिय सर्बाेदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ छोरा, एक छोरी र श्रीमती छन् ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्‍याउन प्रयोग गरीएको डोजरले पल्टाएको ढुगां उनलाई लागेको थियो । उनलाई मुसिकोट नगरपालिकाले राहत दिने आश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment