Comments Add Comment

एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी तालमेल घोषणा

२० कात्तिक, काठमाडौं । उम्मेदवारी मनोनयन सकिएर दलहरु चुनावी प्रचार प्रसारमा लागिरहेका बेला एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी गठबन्धन बनेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले आगामी केन्द्र र प्रदेशको निर्वाचनमा कार्यगत एकतासँगै निर्वाचनपछि पार्टी एकीकरण गर्ने जानकारी दिएको छ ।

एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्राध्यक्षको रुपमा राजसंस्था हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो नेपालमा भावना एकता गर्ने एउटा मात्रै राजसंस्था हो, जनताद्धारा निर्मित संविधानको परिधिमा रहेर राष्ट्राध्यक्षको रुपमा राजसंस्था हुनुपर्छ ।’

लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको वैकल्पिक शक्तिको रुपमा राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको गठबन्धन बनेको बताउँदै डा.लोहनीले आगामी निर्वाचनमा जनताले उचित स्थानमा ल्याउने दाबी गरे ।

त्यस्तै नेपाली काँग्रेस विपीका सभापति हरिबोल भट्टराईले विकसित लोकतान्त्रिक र बाम गठबन्धनको कुनै औचित्य नरहेको जिकिर गरे ।

उनले भने, ‘वाम एकताले मुलुक भासिन्छ, लोकतान्त्रिक गठबन्धन आफैंमा अपाकृतिक छ, नयाँ शक्तिदेखि प्रजातन्त्रको घाँटी निमोठ्नेहरु एक भएर लोकतान्त्रिक गठबन्धन बनाएका छन्, यस्तो स्थितिमा कसरी देशले निकास पाउँछ ?’

एमाले, कांग्रेस र माओवादीलाई लम्पसारवादको हलिया भएको आरोप लगाउँदै सभापति भट्टराईले बाहिरी मुुलुकमा आवश्यक शासन व्यबस्था नेपालमा परिक्षण गरेर उचित भए आफ्नो देशमा लागु गर्ने नत्र नेपाललाई प्रयोगशाला बनाउँने काममा तत्लिन रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment