Comments Add Comment

बलात्कारीलाई कारवाही र पीडितको उपचारका लागि सरकारको ध्यानाकर्षण

२० कात्तिक, भोजपुर । जिल्लाको दक्षिण आम्चोक गाउँपालिका वडा नम्बर ९ दुम्मानामा १४ वर्षकी बालिकालाई बलात्कार गरी हत्या गर्न खोज्ने सन्तोष श्रेष्ठलाई कडा कारबाहीको माग गर्दै विभिन्न संघसंस्थाहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

घटना भएको १० दिनसम्म पीडितलाई सरकारले वेवास्ता गरेको भन्दै क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

क्षेत्रीय प्रशासक सिंहले घटनाले स्तब्ध बनाएको भन्दै दोषीलाई कडा कारबाही गर्ने र बालिकाको पुर्नस्थापनाका लागि पहल गर्ने बताएका छन् । ज्ञापन पत्र बुझाउँदै विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष केदार बराइलीले जघन्य अपराधीलाई अनुसन्धानका नाममा फितलो कारबाही हुने र उन्मुक्ति पाउने सम्भावना देखिएकाले त्यस्तो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

घटनाको यतिका दिन वितिसक्दा समेत सरकारले वेवास्ता गर्नु र उपचारमा समेत चासो नदिनु सरकारको गैरजिम्मेवारीपन भएको महिला सञ्जाल धरानकी अध्यक्ष शीला बज्राचार्यले बताइन् ।

१४ वर्षीया दलित बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलत्कार गरि देव्रे आँखामा गहिरो चोटसमेत पुर्‍याइ मार्ने प्रयास गरेका थिए ।

पीडित बालिकाको कात्तिक १२ गतेदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

उनको देव्रे आँखा काम नलाग्ने अवस्थामा रहेको प्रतिष्ठानका चिकित्सकले बताएका छन् । आर्थिक अवस्था समेत कमजोर रहेको ती बालिकाको सहयोगीहरुले उठाएको चन्दा सहायताले उपचार भइरहेको छ ।

श्रेष्ठलाई प्रहरीले पक्राउ गरी थप अनुसन्ध्ाानसहित कारवाही प्रक्रिया अगाडि बढाएको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment