Comments Add Comment

जनयुद्धका कमाण्डर सुर्खेतमा एमाले उम्मेदवारका चुनावी कमाण्डर

प्रतिनिधिसभाका उम्मेदवार (वायाँ) र चुनावी कमाण्डर (वाँया)

२२ कात्तिक, सुर्खेत । वाम गठबन्धनले सुर्खेतमा चुनावी कमाण्डर तोकेको छ । गठबन्धनका उमेदवारहरुलाई विजयी गराउन भन्दै एमाले-माओवादीको संयुक्त भेलाले चुनावी कमाण्डरहरु तोकेको छ ।

दुई प्रतिनिधिसभा र चार वटा प्रदेशसभाका लागि छुट्टा छुट्टै चुनावी कमाण्डरहरु तोकेर गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेको हो ।

गठबन्धनले क्षेत्र नं. १ का उमेदवार एमाले सुर्खेतका अध्यक्ष ध्रुव शाहीको चुनावी कमाण्डर माओवादी केन्द्र सुर्खेतका संयोजक तथा पोलिटव्यूरो सदस्य कृष्ण जिसी जितेन्द्र लाई तोकेको छ । उनी जनयुद्धका ब्रिगेड कमाण्डर हुन् ।

एमाले अध्यक्ष शाहीले पूर्व गृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खड्कासँग प्रतिस्पर्धा गर्दैछन् । शाहीलाई जिताउने प्रतिबद्धतासहित आफूले चुनावी कमाण्डरको जिम्मा लिएको संयोजक जितेन्द्रले बताए ।

क्षेत्र नं. २ का उमेदवार एमालेका पूर्व अध्यक्ष नवराज रावतको चुनावी कमाण्डर पनि माओवादीकै पोलिटव्यूरो सदस्य तथा पूर्व सभासद् नरबहादुर विष्टलाई तोकिएको छ । विष्ट पनि माओवादी पूर्व लडाकु कमाण्डर हुन् ।

रावतले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीसँग प्रतिस्पर्धामा छन् । निरन्तर पराजय बेहोरेका रावतलाई जिताउने जिम्मा उनकै पूर्व प्रतिस्पर्धी विष्टले पाएका हुन् ।

यस्तै क्षेत्र नं. २ को प्रदेश ‘क’ एमालेका तर्फबाट उम्मेदवार बनेका पोलिटव्यूरो सदस्य यामलाल कंडेलको चुनावी कमाण्डर भने एमाले कै जिल्ला उपाध्यक्ष अमृत वीसीलाई तोकिएको छ ।

यस्तै प्रदेश (ख) मा माओवादीका तर्फबाट उम्मेदवार बनेका विन्दमान विष्टको चुनावी कमाण्डर एमाले सुर्खेतका सचिव मोहन बडुवाललाई तोकिएको छ । बडुवाल सोही क्षेत्रमा एमालेबाट सिफारिस भएका थिए । गठबन्धनबाट माओवादीका विष्टले पाए पछि बडुवाल कमाण्डर बनेका हुन् ।

यता क्षेत्र नं. १ को (क) मा माओवादीबाट उम्मेदवार बनेका पोलिटव्यूरो सदस्य ठम्मर विष्टको चुनावी कमाण्डर एमाले सुर्खेतका सचिवालय सदस्य ऐनबहादुर चन्दलाई तोकिएको छ ।

प्रदेश (ख) मा एमालेका तर्फबाट उम्मेदवार बनेका खड्क बहादुर खत्रीको चुनावी कमाण्डर माओवादीका बुद्धिजिवी संगठनका केन्द्रीय उपाध्यक्ष जितबहादुर रानालाई तोकिएको छ । राना माओवादीबाट सोही क्षेत्रका लागि उमेदवार सिफारिस परेका थिए । गठबन्धनबाट एमालेका खत्रीले टिकट पाएपछि रानालाई चुनावी कमाण्डरको जिम्मा दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment