२२ कात्तिक, विराटनगर । विना विभागीय मन्त्री एवंम माअोवादीबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शिवकुमार मण्डलले प्रदेश नम्वर एकको राजधानी विराटनगर बनाउनुको विकल्प नरहेको वताएका छन् ।
विराटनगरलाई प्रादेशिक राधानी नबनाउने चलखेल भएको भन्दै मन्त्री मण्डलले त्यसको डटेर सामाना गर्ने बताए ।
प्रेस चौतरी मोरङ र प्रेस सेन्टर नेपाल, मोरङले आयोजना गरेको भेटघाट एव छलफल कार्यक्रममा बोल्दै उम्मेदवार मण्डलले भने “विराटनगर प्रादेशिक राजधानी वन्नका लागि सबै कुराले पूर्ण छ, विराटनगरको विकल्प हुँनै सक्दैन यदी कांग्रेसको नेतृत्वको सरकारले विकल्प खोजेमा त्यसको क्याविनेटमा सशक्त प्रतिकार गर्नेछु”
उच्च अदालत, एक नम्वर प्रदेश प्रहरी कार्यालय स्थापना भइसकेको र राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार पनि बनिसकेकोले विराटनगरको विकल्प हुनै नसक्ने बताए ।
आफनो चुनावी एजेण्डाको मुख्य सार पनि विराटनगरलाई प्रादेशिक राजधानी बनाउने मै केन्द्रित रहेकाले उनले बताए ।
प्रतिक्रिया 4