२२ कात्तिक, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।
वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन गठित संर्घष समितिको आयोजनामा घण्टाघर चोकमा हस्ताक्षर सङ्कलन थालिएको हो ।
बुधबार बिहान १० बजे सुरु भएको अभियान तीन दिनसम्म चल्ने छ ।
वीरगञ्ज प्रदेश नम्बर २ को एक मात्र महानगर, आर्थिक राजधानी, सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने ठाँउ हुनुको साथै राजधानीको लागि आवश्यक पूर्वाधार समेत भएकोले राजधानी बनाउन दवाव दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक मित्रदेव यादवले जानकारी दिए ।
संघर्ष समितिले घण्टाघरमा राखेको सेतो व्यानरमा हस्ताक्षर गर्दै सामाजिक अभियन्ता प्रकाश थारुले वीरगञ्जलाई राजधानी बनाउनुको विकल्प नभएको बताए ।
सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतालाई बुझाउने योजना रहेको संघर्ष समितिले जनाएको छ ।
प्रतिक्रिया 4