Comments Add Comment

महोत्तरी प्रशासन कार्यालयमा मिथिला चित्रकला

२२ कात्तिक, महोत्तरी । महोत्तरीमा पहिलो पटक सरकारी कार्यालयमा मिथिलाको संस्कृति झल्किने चित्रकला बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको कार्यकक्षमा मिथिला चित्रकला बनाइएको हो ।

पहिले विभिन्न संघसंस्थाहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा अन्य स्थानमा समेत चित्रकला बनाए पनि ती सम्बन्धित कार्यालयकै विषय वस्तुमा आधारित शीर्षकमा बनाइएका थिए ।

मिथिला चित्रकलाकी कलाकार सुनैना ठाकुर लगायतको समूहले प्रजिअको कार्यकक्षमा मिथिला चित्रकला बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment