Comments Add Comment

शिखर सुजको ‘क्रेज’: सस्तोमा पाएपछि भृकुटीमण्डपमा ओइरिए उपभोक्ता


२२ कात्तिक, काठमाडौं । स्वदेशी जुत्ता/चप्पल उत्पादक कम्पनी शिखर सुजले काठमाडौंको भृकुटीमण्डपमा गरिरहेको क्रेजी मेलामा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ । कम मूल्यमै गुणस्तरीय जुत्ता/चप्पल पाएपछि उपभोक्ताहरुको आकर्षण उच्च हुँदा कम्पनीको अपेक्षाभन्दा बढी ग्राहक मेलामा आइपुगेका छन् ।

जसले कम्पनीलाई उत्साहित गराएको बताउँछन् , शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं । उनकाअनुसार मेलामा जुत्ता चप्पल किन्दा भारी छुट दिइएको छ । कम मूल्यमा मूल्यमा सबै वर्गका ग्राहकलाई जुत्ता, चप्पल पाइने भएपछि उपभोक्ताको ओइरो लागेको हो ।

मेलामा हजारौं बढी जुत्ताचप्पल बिक्री भइरहेको कम्पनीले जनाएको छ । क्रेजी मेलमा उपभोक्ताको ‘क्रेज’ देखेपछि कम्पनी पनि उत्साहित छ ।

‘मेलामा उपभोक्ताको उत्साहजनक भीडले हामीलाई ऊर्जा मिलेको छ’ प्रसाईंले भने, ‘शिखर सुजले सकै किसिमका उपयुक्त जुत्ता, चप्पल भृकुटीमण्डपमा राखेको छ । भारी छुट पनि दिएका छौं ।’

एकपटक आएर खरिद गरेकाहरुले अन्य साथीलाई पनि जुत्ता किन्न ल्याएका कारण नै मेलामा अत्यधिक भीड देखिएएको कम्पनीले बताएको छ । ‘माउथ पब्लिसिटी’ कारण ग्राहकलाई दिएको सुविधा बारे सर्वत्र चर्चा भएका कारण मेला सबैका लागि उपयुक्त अवसरका रुपमा प्रस्तुत भएको प्रवन्ध निर्देशक प्रसाईं  बताउँछन् ।

कम्पनीले मेलामा नयाँ-नयाँ मोडलका जुत्ता चप्पल पनि राखेको छ । मेलामा पाएको छुट सुविधालाई थाहा पाएका धेरैले अवसरका रुपमा सदुपयोग गरिरहेका छन् ।

‘एउटा मान्छेले जुत्ता किनेर लगेपछि उसले अफिसका सबै साथी लिएर आउँदैछन्,’प्रसाइँले भने, ‘यति उत्साहका साथ मेलमा ग्राहकको सहभागिता बिरलै हुन्छ ।’


मेलामा भेटिएका लैनचौरमा श्याम कटुवाल चौंथोपटक प्रदर्शनीस्थल आइपुगेको बताए । उनले साथीहरुलाई आफूले मेलाको बारेमा भनेपछि उनीहरुकै अनुरोधमा आएको बताए ।

‘आज बुवालाई पनि जुत्ता किनेँ । बुवालाई पनि शिखर सुज निकै मन पर्छ,’ कटुवालले भने,’सस्तोमा यति राम्रो जुत्ता आइरहेको छ । मौका छाड्न भएन नि ।’ उनले आफ्नो लागि दुई वटा स्र्पोट्स सुज किनिसकेको बताए ।

मेलामा भेटिएकी दाङ घर भएर सितापाइला बस्ने समिरा चौधरी साथीले भनेपछि मेलामा आएको बताउँछिन् । झोलाभरि जुत्ता किनेर बाहिर निस्कँदै गरेकी चौधरीले भनिन्,’तराईमा जाडो बढिसक्यो, घरका सबैलाई जुत्ता पठाइदिनु परेर किनेको ।’

मेलामा आएका सुबोध फुयालले एकैपटक चार जोर जुत्ता किने । ‘जाडोमा लाउन शिखर बेस्ट हुन्छ । सस्तो पाएका बेलामा बुवा र भाईहरुलाई पनि लगिदिनै पर्‍यो,’ फुयालले सनाए ।

मेलामा भेटिएका अधिकांशले शिखरको जुत्ताप्रति मोह देखाए । शिखरका पुरना उपभोक्ताहरु विश्वासका साथ किनिरहेका भेटिए भने नयाँ उपभोक्ता पनि सोधपुछमा ब्यस्त थिए ।

मेलामा अहिले ३ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता चप्पल बिक्री भइरहेको छ । खुद्रा मूल्य २ हजार ८ सय रुपैयाँ भएको जुत्ता मेलामा केही दिनदेखि १ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । स्पोर्ट जुत्ताहरु ५ सय रुपैयाँमा नै किन्न पाइन्छ । अविश्वसनीय मूल्यमा बलियो र गुणस्तरीय जुत्ता पाएपछि ग्राहक पनि दंग देखिएका छन् ।


मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युृनिर्फम जुत्ता, गम बुटलगायत जुत्ताहरु राखिएको छ । भृकुटीमण्डपको प्रवेशद्वारसँगैको खाली जमिनमा १ दर्जनभन्दा बढी स्टलमा राखेर मेला चलाएको छ ।

७५ प्रतिशतसम्म छुट पाएपछि उपभोक्तालाई पनि यो महंगीको समयमा राहत मिलेको छ । कात्तिक ६ गतेदेखि शुरु भएको मेला कात्तिक २५ गते सकिनेछ । मेलाका स्टल विहान ८ देखि साँझ ७ बजेसम्म खुल्ला रहने प्रसाईंले बताए ।

उनले सबैलाई यस्तो महत्वपूर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment