+
+
Shares

सेञ्चुरीको नाफामा उच्च वृद्धि, खराब कर्जाको अंश बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २३ गते ११:०५


२३ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटिरहँदा र कतिपयको सुस्तिएको समयमा सेञ्चुरी कमर्सियलको बैंकको नाफा उच्च दरमा बढेको छ । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा बैंकको नाफा ४२.४१ प्रतिशतले बढेको छ ।

बैंकको नाफा १० करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा ७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।  बैंकको सञ्चालन नाफा भने १० प्रतिशतले वृद्धि भएको छ । यो १३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी भने ५२ प्रतिशतले बढेको छ । यो रकम ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम २३ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ११ करोड रुपैयाँ राखेको छ भने २ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात १.७० प्रतिशत रहको छ । यो दरमा भने वृद्धि भएको छ । करिब १०४ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब ४३ प्रतिशतले निक्षेप बढेर ४५ अर्ब रहेको छ । कर्जा ४८ प्रतिशतले वृद्धि भएर ४० अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७८.४७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग धेरै स्पेस भने बाँकी छैन् ।

बैंकको कुल कर्जा लगानीमा ५४ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २२ अर्ब १० करोड रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल ८.८१ प्रतिशतबाट घटेर ६.४३ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ४६ करोड पुगेको छ भने सञ्चिती १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?